साउथ एशियन ट्राभल  अवार्डसको आठौं संस्करण काठमाडौंमा हुने

Advertisement

‘साउथ एशियन ट्राभल अवार्डस’को आठौं संस्करण काठमाडौंमा हुने

काठमाडौं । ‘साउथ एशियन ट्राभल अवार्ड’को आठौं संस्करण काठमाडौंमा हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त अवार्ड वितरण कार्यक्रम काठमाडौंमा हुने जानकारी दिइएको हो । 

Advertisement

साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको भन्दै प्रतिष्ठित वार्षिक कार्यक्रमले विभिन्न विधामा उत्कृष्ट संस्था र व्यक्तिहरूलाई सम्मान गरिने बताए । 

उनले साउथ एशियन ट्राभल अवार्डको आठौं संस्करणको लागि चार सय मनोनित रहेको बताए । नेपाल पर्यटन बोर्ड र होटेल एसोसिएसन अफ नेपाल (हान)को सहयोग गर्ने यस कार्यक्रमको आयोजना मल्ल होटल र अलोफ्ट काठमाडौं ठमेलमा आउँदो सेप्टेम्बर १९ र २० तारिखमा आयोजना हुनेछ । 

यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजित गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक वर्ष, अवार्ड समारोह र गाला डिनरमा उद्योगका केही प्रख्यात व्यक्तित्वहरू उपस्थित हुन्छन् ।

हानका अध्यक्ष विनायक शाहले ट्राभल अवार्ड नेपालमा आयोजना गर्दा यसले नेपालको पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । आतिथ्य र पर्यटन उद्योग क्षेत्रबाट २५० जना यस कार्यक्रमको लागि नेपालमा आउने हुँदा यसले नेपालको पर्यटन क्षेत्रको लागि सकारात्मक सन्देश प्रवाह हुने उनले आशा छ । 

नेपाल पर्यटन बोर्डको उपध्यक्षमा रामप्रसाद सापकोटाले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको रहे पनि सो कुरालाई उपयोग गर्न नसकिएको भन्दै यसका लागि बजारीकरणलाई बढाउन जरुरी रहेको बताए । 

नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले साउथ एशियन ट्राभल अवार्डको आयोजनाले दक्षिण एशिया मात्र नभएर विश्व बजारमा पनि नेपालको पर्यटनको प्रवर्द्धन गर्न सहयोग पुग्ने आशा व्यक्ति गरिन् । 

Advertisement

Advertisement