एक बर्षपछि २२ सय विन्दु माथि नेप्से, सात अर्बको कारोबार

Advertisement

काठमाडौं । एक बर्षपछि नेपाली शेयर बजार परिसुचक नेप्से २२ सय विन्दुभन्दा माथि पुगेको छ । बिहीबार नेप्से परिसुचक २९.२१ अंक अर्थात् १.३४ प्रतिशतले बढेर २२०४ विन्दुमा पुर्यो । 

बुधबार २१७५.४० विन्दुमा रहेको नेप्सेमा आज उत्साहजनक सुधार देखिएको हो । यसको मुल कारण अर्थ मन्त्रालयको जिम्मेवारीमा पुनः नेकपा एमालेका बिष्णु पौडेलको आगमनको आशाको प्रभाव देखिन्छ । यसअघि पौडेल अर्थमन्त्री हुँदा नेप्से ३१ अंकमा पुगेको थियो । 

Advertisement

यसअघि २०८० साउन ७ गते नेप्से परिसुचक २२२७.१६ विन्दुमा पुगेर बन्द भएको थियो । त्यसको भोलिपल्ट नेप्से घटेर २२००.५ विन्दुमा सीमित भएको थियो । त्यसपछि आज बिहीबार नेप्से परिसुचक बढेर २२ सय विन्दु माथि पुगेर बन्द भएको हो । 

यद्यपि, यसबीचमा गत माघ ३ गते नेप्से परिसुचक शेयर कारोबारको क्रममा २२१५ विन्दुमा पुगेको थियो । तर, कारोबार बन्द हुदाँ त्यो २१६३ मा सीमित भएको थियो । तसर्थ, क्लोजिङ मूल्यको आधारमा नेप्से परिसूचक एक बर्षपछि २२ सय माथिको विन्दुमा पुगेको हो । 

बिहीबार ३३१ वटा कम्पनी र स्क्रिप्टको शेयर कारोबार भएको थियो । ८७ हजार ८६ पटक कारोबार हुँदा दुई करोड दुई लाख ३७ हजार ७८० वटा शेयर खरिद बिक्री भएको छ । आज सात अर्ब आठ करोड ६ लाख ९८ हजार रुपियाँको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज १५५ कम्पनीको मूल्य बढेको छ भने ७८ वटाको घटेको छ । अन्य ११ कम्पनीको शेयर मुल्य भने स्थिर रहेको छ ।

Advertisement