रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

आज (बिहीबार)देखि निष्कासन गर्न लागिएको रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न अदालतले आदेश दिएको हो । संसदीय समितिको चासोपछि नेपाल धितोपत्र बोर्डले यसअघि नै यो आईपीओ निष्काशन रोक्न निर्देशन दिइसकेको थियो । 

Advertisement

अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाई हालिएको मुद्दामा अदालतले विपक्षीहरुलाई जवाफसहित अदालतमा हाजिर हुन आदेश दिएको छ । 

संस्थागत लगानीकर्तासँग मिलेर रिलायन्स स्पिनिङको मुल्य अत्यधिक बढाइएको भन्दै धितोपत्र बोर्डमा उजुरी पनि हालिएको छ । 

Advertisement