नयाँ सरकार बन्ने दिन उचालियो शेयर बजार: सबै समूहमा छायो हरियाली, साढे ७ अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । नेप्से उचालिएसँगै कारोबार पनि साढे ७ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.९७ अंकले बढेको हो । २.४० प्रतिशतले बजार उचालिंदा नेप्से २२५७.५९ अंकमा पुगेको छ । 

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी ओली आजै साँझ प्रधानमन्त्रीमा नियुक्त हुन लागेका छन् । उनको मन्त्रीमण्डलमा अर्थमन्त्रीका रुपमा विष्णु पौडले आउने चर्चासँगै केही दिन यता शेयर बजारमा उत्साह छाएको छ । त्यसैक्रममा आज सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ३.७४ प्रतिशतले बढेको हो । 

undefined

आज ३०९ कम्पनीका २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार उचालिएको दिन विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । रिडी पावर, मान्डु हाइड्रो जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९५, ९.९३ र ९.३७ प्रतिशत नाफा कमाएका छन् । 

त्यस्तै प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.१२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज जानकी फाइनान्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement