तीन महिनाभित्र पर्यटन नीति बनाउन कार्यदल गठन गर्ने नयाँ पर्यटनमन्त्रीको निर्णय

Advertisement

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले तीन महिनाभित्र पर्यटन नीतिका लागि अध्ययन गरि प्रतिवेदन तयार गर्ने बताएका छन् । 

मन्त्रालयमा पदभार सम्हाल्दै सोमबार उनले पर्यटन नीतिका लागि कार्यदल समेत गठन गरिसकेको र सो कार्यदलले तोकेको समयभित्र नेपालका लागि उपयुक्त पर्यटन नीति निधारण गर्ने बताए । पहिलो निर्णयका रुपमा आफूले त्यस नीति निर्माणसम्वन्धी निर्णयमा हस्ताक्षर समेत गरिसकेको पाण्डेले बताए । 

Advertisement

त्यस्तै उनले कोभिड–१९ ले गर्दा पर्यटन क्षेत्रले धेरै अप्ठारो खेप्न परेको स्वीकार गरे । उनले पर्यटन नीतिमा गर्नुपर्ने परिमार्जनलाई ध्यानमा राख्दै कोभिडको प्रभावलाई बिस्तारै उन्मुख गर्दै पर्यटन क्षेत्रलाई पुनः लयमा ल्याउन भूमिका खेल्ने बताए ।

Advertisement

Advertisement