शेयर बजारमा एकै दिन १२ अर्ब बढीको कारोबार, सबै समूहमा छायो हरियाली

Advertisement

काठमाडौं । लामो समयको अन्तराल पछि शेयर बजारमा आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ । सत्ता समीकरण परिवर्तनको हल्ला र त्यसपछि नयाँ सरकार बनेको र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै नेप्सेले उचाईँ लिंदै आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५४.०४ अंकले बढेको हो । २.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३६४.६३ अंकमा उक्लिएको छ । 

Advertisement

undefined

बजारमा उछाल आएको दिन सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह सबैभन्दा बढी ७.३० प्रतिशतले बढेको हो । 

undefined

आज ३०६ कम्पनीका ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३.४७ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आँखु खोला जलविद्युत, मन्दाकिनी हाइड्रो, सीईडीबी हाइड्रो र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९७, ९.९५, ९.९०, ९.८७ र ९.७८ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले घाटा व्यहोरेका छन् । आज ६५ कम्पनीको शेयर मूल्य घट्दा बाँकी कम्पनीका लगानीकर्ताहरुले नाफा कमाए । 

आज सिंगटी हाइड्रोको उच्च कारोबार भयो । उक्त कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सयस ३७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ, सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ र हिजो मंगलबार बजार ७०.१८ अंकले बढ्दा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२।४१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement