नेप्से २४ सय अंक माथि पुग्योः १५ अर्ब बढीको कारोबार, बैंकिङ समूहमा उत्साह

Advertisement

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अंकले बढेको छ । नेप्से बढेर २४ सय अंक पार गरेको छ । यो साता ४ दिन बजार बढ्दा १ दिन घट्यो । साताको अन्तिम दिन साढे १५ अर्ब बढीको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५९.६८ अंकले बढेको हो । २.५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २४२४.३२ अंकमा पुगेको छ ।

Advertisement

समग्रमा बजारमा उछाल आएको भएपछि वित्त र हाइड्रो समूह घटेका छन् भने बाँकीमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ६.२८ प्रतिशतले उचालिएको छ । 

undefined

आज ३१२ कम्पनीका ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८.२१ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । त्यस्तै कुमारी बैंक, प्रभु बैंक र रिभर फल्स पावरका लगानीकर्ताहरुले क्रमशः ९.५३, ९.५१ र ९.११ प्रतिशतले नाफा कमाए ।

त्यस्तै कुमारी सबल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.७६ प्रतिशतले घाटा व्यहोरे । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ, सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ, मंगलबार बजार ७०.१८ अंकले बढ्दा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२.४१ रुपियाँ र हिजो बुधबार ५४.०४ अंकले बजार बढ्दा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३.४७ रुपियाँ   बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement