दुई बर्ष ओली, दुई बर्ष देउवा प्रधानमन्त्री बन्ने हो, सहमती लुकाएकै छैन्ः मन्त्री दाहाल

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताएका छ । 

बिहीवार ६२ औँ इन्जिनियर दिवसको कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । दाहालले काँग्रेस र एमालेका बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने बताए । 

Advertisement

काँग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको दाहालले दावी गरे । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताए । दाहालले भने, ‘मान्छेहरुको आकांक्षा बढेको देखेको छु । मान्छेहरुमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर मात्रै पनि होइन होला । अब अलिकति स्थायित्व आउने भयो भनेर सबै क्षेत्रमा उत्साह आएको छ । शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ ।’ 

उनले थपे, ‘यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ । अब यहाँभन्दा हुने त केही छैन । ५–७ वटा दलहरु मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो ? त्यही भइपनि राखेको छ । कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने । यो भएपछि अब हामीले एउटा प्रतिवद्धता गरौँ भनेर दुईवटा ठूला दलहरु र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन ।’ 

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताए । 

Advertisement