मुक्तिनाथ विकास बैंकले शुरु गर्यो  अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो  । 

यो सेवा सुचारु पश्चात भारतीय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । 

Advertisement

यस प्रकारको सेवाहरुले भारतीय पर्यटकहरुलाई नगद बोक्ने झनझट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।


 

Advertisement