सार्वजनिक भयो एमजीको कन्सेप्ट कार ‘साइबर जिटिएस’

Advertisement

काठमाडौं । एमजी मोटरले आफ्नो कन्सेप्ट कार ‘साइबर जिटिएस’ सार्वजनिक गरेको छ । कम्पनीको १०० औं वार्षिकोत्सवको अवसरमा एमजी मोटर्सले गुडवुड फेस्टिवल अफ स्पिडमा एमजी साइबर जिटिएस कन्सेप्टको अनावरण गरेको हो । 

यो गाडी विद्युतीय सवारी साधनको क्षेत्रमा महत्वपूर्ण छलाङ भएको कम्पनीले जनाएको छ । साइबर जिटिएस कन्सेप्टले विद्युतीय गाडीको युगलाई फरक तरिकाले परिभाषित गर्न खोजेको एमजी मोटर्स बेलायतका प्रवक्ताले बताएका छन् ।

Advertisement

एमजीले यो गाडी २०२५ को सुरुवातमा अझै परिस्कृत गरेर ल्याउने योजना बनाएको छ । एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले पनि ‘साइबर जिटिएस’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।  

Advertisement

Advertisement