गत आवमा साढे सात लाख नेपाली रोजगारी खोजीमा बिदेशिए, सबैभन्दा धेरै युएईमा

Advertisement

काठमाडौं । गएको आर्थि बर्ष २०८०–८१ मा  सात लाख ४१ हजार २९७ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । विभिन्न १४९ वटा मुलुकमा नेपालीहरु काम गर्न गएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । 

विभागको तथ्यांकअनुसार गत आवमा चार लाख ६० हजार १०२ जना नेपाली पहिलो पटक श्रम स्वीकृत लिएर विदेशीएका छन् भने दुई लाख ८१ हजार १९५ जना भने पुरानै श्रम स्वीकृत नवीकरण गरेर वैदेशिक रोजगारमा गएका छन् । 

Advertisement

विभागका अनुसार गत आवमा वेदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३.९ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७९–८० मा सात लाख ७१ हजार ३२७ वैदेशिक रोजगारीमा गएको थिए । त्यो बार्षिक रुपमा हालसम्मकै उच्च हो ।  तर, गत आवमा मलेसियाको रोजगारी बन्द हुने, युरोपबाट आएको कामदारको दूतावासले समयमै प्रमाणीकरण नगर्ने लगायतका समस्याले यसमा कमी आएको बताइएको छ । 

गत आवमा युएईमा सबै भन्दा धेरै नेपाली कामदार गएका छन् । तथ्यांक अनुसार त्यहाँ मात्रै एक लाख ९३ हजार ४३८ जना नेपाली कामका लागि गएका छन् । दोस्रो नम्बरमा भने साउदी अरब देखिएको छ । त्यो देशमा एक लाख ४१ हजार ५०२ जना नेपाली काम गर्न गएको देखिन्छ । 

तेस्रो नम्बरमा रहेको कतारमा एक लाख ३४ हजार ६६९ जना नेपाली गएका छन् । मेलेसियामा पनि एक लाख तीन हजार ४४२ जना नेपाली गएका छन् । यो बाहेक अन्य देशमा गएका नेपालीको संख्या भने एक लाख भन्दा कम छ । 

कुन महिना कति नेपाली कामदार बाहिरीए  ?
साउन – ५५ हजार ५७५
भदौमा – ५० हजार ८८४
असोजमा – ५६ हजार २३५
कात्तिकमा – ४३ हजार ६२२ 
मंसिरमा – ६८ हजार २०१
पुसमा – ६५ हजार ८१३
माघमा – ६२ हजार १४७
फागुनमा – ६५ हजार ६५८
चैतमा – ७० हजार ९३३ 
बैशाखमा – ७० हजार ६३७
जेठ –  ७२ हजार ८६१ 
असार –  ५८ जहार ७३६ 
स्रोत: बैदेशिक रोजगार बिभाग 
 

Advertisement