सुनको मूल्य प्रतितोला १०० रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुन प्रतितोला १०० रुपियाँ बढेको हो भने चाँदी प्रतितोला ३० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement