डलरको मूल्यमा फेरी नयाँ रेकर्ड, नेपाली मुद्रा थप कमजोर

Advertisement

काठमाडौं ।  नेपाली मुद्रा बजारमा डलरको मुल्यले नयाँ रकेर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक डलरको बिक्री मुल्य १३४.६८ रुपियाँ तोेकेको छ । खरिद मूल्य भने १३४.०८ रुपियाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । 

यसअघि साउन २९ गते डलरको मुल्य १६४.६६ रुपियाँ पुगेको थियो । त्यसपछि घटेको डलरको मुल्यले शुक्रबार बढेर नयाँ रकेर्ड राखेको हो । बिभिन्न केन्द्रीय बैंकले डलरमा दिने व्याजदर बढाउने, विश्व अर्थतन्त्र कायम शिथिलता लगायतका कारण अहिले डलरको मुल्य बढ्दो क्रममा छ । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (आबद्ध) छ । भारतमा डलरको मुल्य बढ्दा नेपालमा पनि स्वतः बढ्छ । भारतमा डलरको मुल्य घट्दा नेपालमा पनि घट्ने गर्छ । 

Advertisement

डलरको मुल्य बढ्नुको अर्थ भारतीय र नेपाली मुद्रा कम्जोर हुनु पनि हो । डलरको मुल्य घटेमा भारतीय र नेपाली मुद्रा बलियो भएको मान्न सकिन्छ । डलर अमेरिकाको केन्द्रीय बैंकले निष्काशन गर्ने एउटा मुद्रा हो । जसरी नेपाल राष्ट्र बैंकले ‘रुपियाँ’ मा नोट निष्काशन गर्छ । त्यसरी नै अमेरिकाको केन्द्रीय बैंकले डलरमा नोट निष्काशन गर्छ । तर, यसले अन्तरराष्ट्रिय भुक्तानीका लागि मान्यता पाएको छ, नेपाल लगायतका अन्य देशका मुद्राले पाएका छैनन् । त्यो अवस्थामा अन्तरदेशीय तथा अन्तरराष्ट्रिय व्यापार, व्यवसाय लगायतका बस्तु तथा सेवा खरिद बिक्रीको भुक्तानी डलरबाटै गर्नुपर्छ । अन्य देशका मुद्राले यस्तो मान्यता पाएका छैनन् । 

साथै, यसलाई लगानीका लागि सुरक्षित सम्पत्ति (एसेट) पनि मानिन्छ । ठूला ठूला लगानीकर्ताले डलर किनेर होल्ड गर्ने गर्छन् । नोट निष्काशन गर्न पनि डलर सुरक्षण राख्न पाइने व्यवस्था छ । त्यो अनुसार सबै  देशका केन्द्रीय बैंकहरुले पनि डलर किनेर राख्ने गर्छन । अमेरिका सरकारकै  सुरक्षण अर्थात् ‘व्याकअप’ भएका कारण यसमा लगानीकर्ताको आर्कषण उच्च छ । त्यो अवस्थामा माग र आपुर्तिको सिद्धान्तअनुसार पनि  यसको मुल्य थप घट हुने गर्छ । 

आपुर्ति राम्रो भएको अवस्थामा यसको मुल्य घट्छ । आपूर्ति न्यून भएको अवस्थामा  यसको मुल्य बढ्ने गर्छ । पछिल्लो समय कायम आर्थिक शिथिलताका कारण ठूला ठूला लगानीकर्ताले सुरक्षित लगानीका लागि डलरमा पनि लगानी गरेका छन् । साथै, केन्द्रीय बैंकहरुले पनि डलरमा लगानी बढाएका छन् । त्यसले गर्दा अहिले विश्व बजारमा डलरको माग उच्च छ, त्यसले पनि यसको मूल्य बढेको बताइन्छ । 

डलरको मुल्य बढ्दा नेपाललाई फाइदा–बेफाइदा दुवै हुनेछन् । डलरको मूल्य बढ्दा रेमिट्यान्स, विदेशी पर्यटक, निर्यात लगायतका माध्यमबाट हुने आम्दानी बढ्ने छन् । किनकी, त्यसबाट डलरमा आम्दानी हुन्छ । त्यो अवस्थामा डलरलाई नेपाली रुपियाँमा सटही गर्दा धेरै आम्दानी हुनेछ ।

तर, आयात, विदेशी ऋण लगायतका बैदेशिक भुक्तानी भने महंगो हुनेछ । नेपालले खर्बौं रुपियाँ विदेशी ऋण तिर्नूपर्नेछ । साथै, बार्षिक १४–१५ खर्बको बस्तु आयात हुने गर्छन्​ । त्यसको भुक्तानी डलरमा गर्नुपर्छ । त्यो अवस्थामा डलरको मुल्य बढ्दा आयात र विदेशी ऋणको दायित्व पनि महंगो हुने विज्ञहरु बताउँछन् । 

यसरी डलरको मूल्य बढ्दा फाइना–बेफाइदा दुवै छन् । तर, समग्रमा डलरको मुल्य घटेको नै राम्रो हुने विज्ञहरु बताउँछन् । नेपाली मुद्रालाई बलियो बनाउँदै जानुपर्ने उनीहरुको भनाइ छ । त्यसका लागि अर्थतन्त्र दिगो रुपमा बलियो हुन आवश्यक रहेको उनीहरु बताउँछन् ।

Advertisement