कांग्रेस–एमाले मिलेर सरकार बनाएकाले शेयर बजार बढ्यो, अझै बढ्नुपर्छः महत

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेकपा एमाले र काँगेस दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको दावी गरेका छन् । 

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोमबार उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । महतले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताए । 

Advertisement

उनले माग भन्दा आपूर्ति बढी भएकाले पनि शेयर बजारमा समस्या देखिएको भन्दै समस्या समाधान गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । नेता महतले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताए । 

मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्ने उनको भनाई छ । महतले शेयर बजार, जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सीमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताए । 

उनले बैंकको ब्याजदरमा सहजता आएको बताउँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमाहरुलाई खुकुलो गर्नुपर्ने बताए । महतले कर्जामा अनुउत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनःविचार गर्न आवश्यक रहेको बताए । 

Advertisement