दुर्घटनाग्रस्त जहाजबाट १५ शब निकालियो, जिवितै भेटिएकाहरुको उपचार हुँदै (यात्रुको सूचीसहित)

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गभन्दा पूर्वपट्टि दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजबाट १५ जनाको शब निकालिएको छ । 

आफ्नै कर्मचारीहरु लिएर मर्मतका लागि पोखरा जान लागेको उक्त जहाज बिहान करिव ११ बजे दुर्घटना हुँदा पाइलट मनिषरत्न शाक्यसहित चार भने जिवितै भेटिएका थिए । उनहरुको अहिले केएमसी मेडिकल अस्पताल सिनामंगल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाइएको छ । 

Advertisement

जहाजमा पाइलटसहित १९ जना सवार थिए जसमा एक जना विदेशी र एक जना महिना थिए । जहाजमा मृत्यु हुने र जिवित हुनेहरुको पुष्टि सूची अझै बाहिर आएको छैन् । सर्वसाधारण यात्रु नरहेको जहाजमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेका थिए । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीका अनुसार जहाज दुर्घटना भई जलेकाले अधिकांशको ज्यान गएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिए पनि जहाज पूर्णरुपमा जलेको हो ।

undefined

Advertisement