चालिस जना यात्रु लिएर आएको भारतीय बस मर्स्याङदी नदिमा खस्यो

Advertisement

काठमाडौं । पोखराबाट काठमाडौं आइरहेको भारतीय बस शुक्रबार बिहान मर्स्यादी नदीमा खसेको छ । बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा खसेको प्रहरीको भनाई छ ।

यूपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको जनाइएको छ । मानवीय क्षतिको विवरण आउन बाँकी छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गोताखोरसहित उद्दारमा लागेका छन् । 

Advertisement

Advertisement