कुमारी बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट दिने सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा–छोरी)को लागि कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्न सकिनेछ (सर्तहरु लागु हुने छन्) । 

Advertisement

यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट–क्रेडिट–प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । 

Advertisement