कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा थापा निर्वाचित

Advertisement

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छिन् । 

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे ।  

Advertisement

यसअघि पनि समितिको सभापति कांग्रेसको भागमा परेकामा सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुनपुगेको थियो । 

Advertisement

Advertisement