पर्वतारोही सिद्धिबहादुर तामाङद्वारा २४ घण्टाभित्रै केटु हिमालको दुई पटक सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड सिद्धिबहादुर तामाङले केटु हिमाल २४ घण्टाभित्र दुई पटक सफल आरोहण गरेका छन् । उक्त आरोहणसँगै उनले केटु हिमालमा छैठौं पटक पाइला टेक्न सफल भएका हुन् ।  

हिमालयन गाईड्स कम्पनीका प्रबन्धक उमिद भण्डारीका अनुसार तामाङले जुलाई २८ तारिखका दिन पाकिस्तान समय अनुसार बिहानको १० बजे केटु हिमालको चुचुरोमा पाइला टेकेर केटुको आधार शिविर फर्की पुनः भोलि पल्टा जुलाई २९ तारिखका दिन पाकिस्तान समय अनुसार बिहानको ६ बजेर ३० मिनेटमा दोस्रो पटक केटुको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । जुलाई २८ र २९ तारिख गरी उनी दुई पटक केटु हिमालको चुचुरोमा पुग्न सफल भएको कम्पनीका प्रबन्धक भण्डारीले जानकारी दिए ।

Advertisement

यसरी २४ घण्टाभित्र दुई पटक केटु हिमाल सफल आरोहण गर्ने तामाङ विश्व मै पहिलो व्यक्ति बन्न सफल भएको कम्पनीका प्रबन्धक भण्डारीले बताए ।

दोलखाको लामबगरमा जन्मिएका ४३ वर्षीय तामाङले हालसम्म केटु हिमाल ६ पटक, सगरमाथा ११औं पटक, ल्होत्से, मनास्लु, चोयु, मकालु, अमादब्लम, हिमलुङ, धौलागिरी, बरुन्टसे, आइल्याड पिक, मेरापिक, लोबुचे पिक लगायतको उनले सफलतापूर्वक आरोहण गरिसकेका छन् । 

सन् २०१८ देखि आरोहण गर्न शुरु गरी सन् २०२४ सम्म ६ पटक केटु हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । तामाङले सन् २०१८, २०२१, २०२२, २०२३ र २०२४ मा (दुई पटक) केटु हिमालको सफल आरोहण गरेका कम्पनीका प्रबन्धक उमिद भण्डारीले जानकारी दिए । 
 

Advertisement

Advertisement