आजको मौसम : बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, यी ठाउँमा हुनेछ भारीदेखि अति भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि साधारण बदली रहेको छ ।

बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज ​दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

सातै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।  

राति भने देशभर साधारणतया बदली रहनेछ ।

सातै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।

साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

Advertisement

Advertisement