नक्कली उत्पादन ‘आहारपूरक खाद्य पदार्थ’ प्रयोग नगर्न उपभोक्तालाई विभागको अनुरोध

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नक्कली उत्पादन ‘आहारपूरक खाद्य पदार्थ’ प्रयोग नर्गन उपभोक्तालाई अनुरोध गरेको छ ।

गार्सिनिया क्याम्बोजिया (Garcinia Cambogia) नाम गरेको खाद्य पदार्थमा झुटो अनुपज्ञापत्र प्रयोग गरी नक्कली उत्पादन बिक्रीवितरण गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

Advertisement

नानो फुड नेपाल प्रालिद्वारा उत्पादित तथा जीटीएम हर्बल प्रालिमार्फत मार्केटिङ गरिएको उक्त उत्पादनले विभागबाट उत्पादन तथा बिक्रीवितरण अनुमति नलिएको विभागले स्पष्ट पारेको छ । 

विभागले यस्ता नक्कली उत्पादनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या देखापर्ने भएकाले उपभोक्तालाई सहज रहन तथा कहीँकतै बिक्रीवितरण गरेको पाइए विभाग, विभागमातहका कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन पनि आग्रह गरेको छ । 

Advertisement