काठमाडौं । हाल नेपालमा एक तारादेखि पाँच तारा डिलक्स सम्मको होटलहरु संचालनमा रहेका छन् । एक तारादेखि पाँच तारा डिलक्स होटलहरुको संख्या एक सय ९१ वटा होटलहरु रहेको छ । उक्त तारा होटलहरुको नर्वीकरण शूल्क वर्षको एक सय मात्रै रहेको छ ।
नेपालमा हाल संचालनमा रहेका एक तारा होटल, दुई तारा, तीन तारा, चार तारा, पाँच तारा, पाँँच तारा डिलक्स, डिलक्स हेरिटेज, लक्जरी हेरिटज बुटिक, नोमोल हेरिटज गरी ९ स्तरका होटलहरु रहेका छन् । तारा होटलहरुमा लगानी ठूलो लाग्ने र त्यही होटलको नर्वीकरण शूल्क भने वर्षको एक सय मात्र छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशकर कालीवहादुर भुजेलका अनुसार विभागले तारा होटलहरुको नबीकरण शूल्क वार्षिक रु एक सय मात्र लिदै आएको बताए । एक तारादेखि पाँच तारा डिलक्सहरुको नबीकरण शूल्क एउटै छ ।
एउटा मिनी क्यासिनो नबीकरण गर्न वार्षिक रु दुई करोड लाग्छ । एउटा पाँच तारा होटल नर्वीकरण गर्न रु एक सय मात्र लाग्छ । ठूलो पूँजीको होटलहरुको नर्वीकरण शूल्क थोरै भयो । हाम्रो पर्यटन एन २०३५ सालको हो, अब केही कुराहरु नयाँ परिमाजन गर्नुपर्ने विषय पनि रहेको उनको भनाइ छ । थप तीन वटा होटलले इजाजतपत्र लिने प्रक्रियामा रहेको र यही साउन महिनामै इजाजतपत्र पाउने बताउँदै उनले भने, ‘नेपालमा तीन वटा पाँच तारा होटल थपिने भएको छ । हाल नेपालमा पाँच तारा होटलको संख्या २१ वटा रहेको छ ।’
उनका अनुसार बुढानिलकण्ठस्थित होटल फरेस्ट इन्, नक्सालस्थित हिल्टन काठमाडौं र सोल्टी वेस्टेन्ड इटहरी पाँच ताराको इजाजतपत्र लिने प्रक्रियामा छन् ।
त्यस्तै, सोल्टी होटल लिमिटेडले गत असारमा पाँच तारा डिलक्सको इजाजतपत्र लिएको छ । नेपालमा पाँच तारा डिलक्सको संख्या दुई वटा पुगेको छ । यसअघि झापाको होटल मेची क्राउन मात्र पाँच तारा डिलक्स रहेको थियो । नेपालमा पाँच तारा होटलको संख्या २४ वटा पुगे पनि नियमित रुपमा नविकरण भएका १८ वटा मात्र छन् । अन्तिम पटक भैरहवास्थित सिद्धार्थ विलास र बुढानीलकण्ठ हेरिटेज लिमिटेड लेमन ट्री प्रिमियर पाँच तारा स्तरमा वर्गीकरण भएका थिए ।
नेपालमा चार तारा स्तरका होटलहरु ३६ वटा, तीन तारा स्तरको ३७ वटा, दुई तारा स्तरको ५१ वटा र एक तारा स्तरको होटलहरु ४४ वटा रहेको विभागले जनाएको छ ।