सिटिजन्स् बैंकका ग्राहकले सूर्य हस्पिटलमा छुट पाउने

Advertisement

काठमाडौं । सिटिजन्स् बैंक र वीरगंजस्थित सूर्य हस्पिटल प्रालिबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रालिमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । 

Advertisement

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका१९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले उल्लेख गरेको छ । 
 

Advertisement

Advertisement