सुनसरीका गुरागाईले पाए ‘हुण्डाई एक्सटर’

Advertisement

काठमाडौं । हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गतवर्षको दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजनाको विजेतालाई गाडी हस्तान्तरण गरिएको छ । 

कम्पनीले ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाईट २०८०’ योजनामा कुपन नम्बर ५३ का सुनसरीका इन्द्रप्रसाद गुरागाई विजेता भएका थिए । 

Advertisement

उनलाई बिहिबार हुण्डाईको नक्सालस्थित शोरुममा गाडी हस्तान्तरण गरिएको हो । उक्त उपहार योजना अन्तरर्गत हुण्डाईका गाडी खरिद गर्नेले ६ लाखसम्म नगद छुट, एक वर्षको निःशुल्क बीमा र सडक कर, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्म नगद छुट र बम्पर उपहारमा एक जनाले हुण्डाई एक्टर गाडी जित्न सक्ने मौका थियो । 
 

 

Advertisement

Advertisement