मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य  नियुक्त

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेशकुमार आचार्यलाईस्वतन्त्र संचालकमा नियुक्त गरेको छ । 

करिव २० वर्ष  भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । 

Advertisement

नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश एडमिनिस्ट्रेशन विषयमा स्नातकोत्तर तह मा अध्ययन गरेका छन् । 
 

Advertisement

Advertisement