पेरिस ओलम्पिकः चीन शीर्ष स्थानमा, हालसम्म कस्ले कति पदक जिते

Advertisement

पेरिस । शनिबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले १६ स्वर्ण, १२ रजत र नौ कास्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । 

दोस्रोमा संयुक्त राज्य अमेरिकाले  १४ स्वर्ण, २४ रजत र २३ कास्यसहित कुल ६१ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

Advertisement

त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित २७ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १० रजत र १३ कास्यसहित कुल ३३ पदक जितेको छ ।  

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने जापानले आठ स्वर्ण, पाँच रजत र नौ कास्यसहित २२ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको इटालीले छ स्वर्ण आठ रजत र पाँच कास्यसहित कुल १९ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, चार रजत र चार कास्यसहित कुल १४ पदक जित्दै नवौँ स्थानमा रहेको छ । क्यानडाले चार स्वर्ण, चार रजत र सात कास्यसहित कुल १५ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस–एएफपी 

Advertisement

Advertisement