एशियन पर्वतारोहण महासँघद्वारा आङ छिरिङ शेर्पा र फुमियो तानका सम्मानित

Advertisement

काठमाडौं । जापानस्थित एशियन पर्वतारोहण महासंसँघ (यूएएए) ले निवर्तमान अध्यक्ष आङ छिरिङ शेर्पा र पूर्वअध्यक्ष फुमियो तानकालाई सम्मानित गरेको छ । 

जापानमा आयोजित महासंघको ३०औं साधारण सभामा शेर्पा महासंघको विकास र नेपालको हिमाली पर्यटन प्रवर्द्धनमा निर्वाह गरेको भूमिका र संलग्नताका लागि विशेष सम्मान गरिएको हो । सार्थ पूर्वअध्यक्ष फुमियो तानकालाई पनि सम्मानित गरियो ।   
 
उक्त सभामा विभिन्न १२ वटा देशका प्रतिनिधिहरूले भाग लिएका थिए । हालसम्म नेपालसहित चार वटा देशहरुका मात्र यस महासंघको अध्यक्ष भएका छन् । महासंघमा इरान, जापान, नेपाल र कोरियन व्यक्ति हालसम्म अध्यक्ष भएका काछन् । 

Advertisement

undefined

Advertisement

Advertisement