पर्यटनमन्त्रीको कार्यतालिका– हरेक बुधबार विभागहरुसँग बैठक बस्ने

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् ।

सोमबार आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमा उनले मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन भन्दै एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् । 

Advertisement

कार्यतालिकाअनुसार पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नेछन् । लक्ष्य र उद्देश्य हाँसिल गर्न युद्वस्तरमा काम गरिरहेको बताउँदै उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने बताए । 

पाण्डेले सरकार र कर्मचरीबीचको सुमधुर सम्बन्धमार्फत मात्रै देशको विकास हुने बताए । उनले देश सिस्टममा नबस्दा जनताले दुःख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई हतोत्साहितभन्दा पनि प्रोत्साहन र उत्प्रेरणा दिनुपर्ने बताए । 

आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने पाण्डेले बताए । 
 

Advertisement

Advertisement