बागलुङ पहिरोः आठको मृत्यु, चारजनाको जीवितै उद्धार

Advertisement

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । 

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा ३ जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

Advertisement

पहिरोमा पुरिएका  चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 

Advertisement

Advertisement