अलपत्र परेको पर्यटन बोर्डको बजेट पास गर्ने तयारी, सरकार फेरिएपछि बैठक बस्न सुरु

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिवले बैठक राख्न नमान्दा अलपत्र परेको नेपाल पर्यटन क्षेत्रको बजेट अब भने पास हुने भएको छ । पर्यटन बोर्डको सञ्चालक समितिको अध्यक्ष पर्यटन हुने व्यवस्था छ । 

आर्थिक बर्ष सुरु भइसक्दा पनि बजेट पास हुन नसक्दा बोर्डको सम्पूर्ण कामकारवाही प्रभावित भएको थियो । सरकार फेरिएसँगै पर्यटन सचिवले बैठक राख्न थालेका छन् । बैठकमा बजेटमाथि छलफल भएको र आइतबार पुनः बस्ने बैठकले बजेट पास गर्नसक्ने संभावना रहेको बोर्डका उपाध्यक्ष कमल सापकोटाले बताए । 

Advertisement

उनका अनुसार दुई दिनदेखि बजेटमाथि छलफल भइरहेको बताउँदै शुक्रबार पनि बैठक बसेको थियो । सापकोटाले बजेटलाई पूर्णता दिने काम भइरहेको बताए । बोर्डले देश विदेशमा पर्यटन प्रवर्द्धनको काम गर्छ । 

बजेट पास नहुँदा प्रत्येक वर्ष आयोजना हुने वर्ल्ड ट्राभल मार्केटमा सहभागिता जनाउने कुरा पनि अन्योलमा परेको छ । गत वर्ष पनि पर्यटनमन्त्रीको कारण बजेट पास हुन ढिलाई हुँदा यो कार्यक्रममा सहभागिता जनाउन बोर्ड असफल भएको थियो । बोर्डको सीईओ नियुक्ति प्रक्रिया ढिलो हुँदा पनि बजेट निर्माणलगायतका कामकारवाही प्रभावित भएको सापकोटाले बताए । 

Advertisement