एमजीको इलेक्ट्रिक गाडी किन्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८० प्रतिशतसम्म लोन पाइने

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एमजीको इलेक्ट्रिक गाडी किन्दा ८० प्रतिशतसम्म लोन दिने भएको छ । 

नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गाडीको गतिशीलताचलाई सुधार गर्नको लागि एनआईएमबि बैंकसँग नयाँसाझेदारी घोषणा गरेको हो ।

Advertisement

यो साझेदारीले नेपाली ग्राहकहरूलाई एमजी मोटर्सका इलेक्ट्रिक गाडीहरूलाई ८० प्रतिशतसम्मको वित्तीय सुविधा उपलब्ध हुनेछ ।

यस साझेदारीअन्तर्गत एमजी इलेक्ट्रिक गाडीहरू, एमजी जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभी समावेश छन् । 

खरीद गर्न इच्छुक ग्राहकहरूले एनआईएमबि बैंकको कुनै पनि शाखाबाट सरल वित्तीय विकल्पहरू प्राप्त गर्न सक्नेछन् । बैंकले प्रतिस्पर्धी ब्याज दर र अनुकूल सर्तहरूसहित इलेक्ट्रिक गाडीहरूको लागि ८० प्रतिशतसम्मको वित्तीय सहायता प्रदान गर्नेछ ।

यस वित्तीय योजना अन्तरर्गत बैंकले एमजी इलेक्ट्रिक गाडीहरूको लागि आकर्षक ब्याज दरसहितको अटो लोन प्रदान गर्नेछ, जुन आधार दरमा १ प्रतिशत प्रिमियम प्रतिवर्ष जोडिएको हुनेछ । लोन तीन कार्य दिवस भित्र स्वीकृत गरिने बैंकको दावी छ। 

Advertisement

Advertisement