सुनको मूल्य प्रतितोला १५ सय बढ्यो, चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १५ सय र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेपछि त्यसैको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।  

अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदर कटौती गर्ने घोषणा गरेसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । 

Advertisement

Advertisement