बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, देशभर कस्तो रहला दिउँसोको मौसम ?

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

सोही कारण अहिले बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

Advertisement

बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार​ आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थान चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन ​सक्ने विभागले जनाएको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

राति भने देशभर आंशिकदेखि साधारण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।

Advertisement

Advertisement