आजको विनिमय दर : गत हप्ता उच्च विन्दुमा कारोबार भएको अमेरिकी डलर घट्यो

Advertisement

काठमाडौं । आज २०८१ साउन २७, अगस्ट ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको बढेको छ ।  

आज अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद  १३४.०५ रुपियाँ र बिक्री दर १३४.६५ रुपियाँ थियो । 

Advertisement

गत हप्ता अमेरिकी डलर लगातार उच्च विन्दुमा कारोबार भयो । गत साताको पहिलो दिन आइतबार सो मुद्राको खरिद दर १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो, जुन सोमबार पनि यथावत् रह्यो । मंगलबार बढेर खरिद १३३.८६ र बिक्री १३४.४६ रुपियाँ पुग्यो । यद्यपि, रोकिने छाँट भने देखिएन । 

त्यसपछि निरन्तर बढ्न थालेको डलर बुधबार खरिद १३४.०३ र बिक्री १३४.६३, बिहीबार १३४.०४ र १३४.६४ रुपियाँमा कारोबार भएको थियो । 

त्यसैगरी अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद दर १७०.१७ रुपियाँ र बिक्री दर १७०.९३ रुपियाँ रहेकामा आज भने खरिद १७०.८४ रुपियाँ र बिक्री १७१.६१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०५

१३४.०४

१३४.६५

१३४.६४

युरोपियन युरो

१४६.४८

१४६.३४

१४७.१४

१४६.९९

पाउन्ड स्टर्लिङ

१७०.१७

१७०.८४

१७०.९३

१७१.६१

स्विस फ्रांक

१५६.४५

१५५.०२

१५७.१५

१५५.७२

अस्ट्रेलियन डलर

८७.८५

८८.११

८८.२४

८८.५१

क्यानेडियन डलर

९७.५२

९७.५४

९७.९५

९७.९७

सिंगापुर डलर

१०१.२२

१०१.२३

१०१.६७

१०१.६८

जापानी येन

१०

९.१८

९.१२

९.२२

९.१६

चिनियाँ युआन

१८.६९

१८.६९

१८.७७

१८.७८

साउदी रियाल

३५.७२

३५.७१

३५.८८

३५.८७

कतारी रियाल

३६.७६

३६.७६

३६.९३

३६.९३

थाइ भाट

३.८०

३.८१

३.८१

३.८२

युएइ दिराम

३६.५०

३६.४९

३६.६६

३६.६६

मलेसियन रिंगिट

२९.९६

३०.३१

३०.०९

३०.४४

कोरियन वन

१००

९.७४

९.८१

९.७९

९.८५

स्विडिस क्रोनर

१२.७५

१२.७२

१२.८१

१२.७८

डेनिस क्रोनर

१९.६३

१९.६१

१९.७२

१९.७०

हङकङ डलर

१७.२०

१७.१९

१७.२८

१७.२७

कुबेती दिनार

४३८.१९

४३७.८०

४४०.१५

४३९.७६

बहराइन दिनार

३५५.६३

३५५.६१

३५७.२२

३५७.२०

 

 

                       

 

 

Advertisement

Advertisement