तीन वटा एजेण्डासहित टानको अध्यक्षका लागि सागर पाण्डेको उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)मा नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । टानको ४६औं बार्षिक साधारणसभा यही आउँदो भदौ १७ मा हुँदैछ । 

टानको नयाँ नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्नेहरुमा एक हुन  व्यवसायी सागर पाण्डे । टानको महासचिव समेत भइसकेका उनी ३० वर्षभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । 

Advertisement

टानको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका पाण्डे ट्रेकिङसँगै होटल, रेष्टुरेन्ट र पर्वतारोहण क्षेत्रमा पनि संलग्न छन् । उनले राहत तथा उद्दार अक्षयकोषको स्थापना, कानूनी परामर्श इकाईको गठन, बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई स्थापना लगायतका एजेण्डाहरुसहित चुनावी प्रचारमा छन् । 

आफ्नो जित सुनिश्चित रहेको बताउँदै उनले ट्रेकिङ क्षेत्रका सबै कर्मचारी तथा मजदुरहरुका लागि राहत तथा उद्धार अक्षय कोषको जरुरी रहेको बताए । पाण्डेले भने, ‘टानका सदस्य कम्पनीहरुका कर्मचारी, ट्रेकिङ गाइड, मजदुर जुनसुकै बेला घाइते हुने, मृत्युसम्म हुने अवस्था आउने गरेको छ । त्यस्तो समस्यामा पीडितहरुलाई सहयोग गर्नुपर्छ । त्यो गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्न राहत कोष त चाहिन्छ । अक्षयकोष उनीहरुको हकहितको लागि महत्वपूर्ण छ ।’ 

व्यवसायीहरुलाई कुनै पनि बेला दीर्घ रोग वा महंगो उपचार गर्नुपर्ने बिरामी परेको अवस्थामा पनि अक्षय कोषले राहत दिने उनले बताए । पाण्डेका अनुसार टानमा एउटा अलगै विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महशुस गरी त्यो इकाईको गठन गर्ने बताए । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्यारा र कठिनाईहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने छन् । 

कानुनी समस्यालाई टानले सहजीकरण गरी समस्या समाधानका लागि पहल गर्ने पाण्डेले बताए । उनले भने, ‘बैंकिङ, भ्याट र करसम्वन्धमा परामर्श प्रदान गर्न परामर्श इकाई गठनको अवधारणा बनाइएको हो ।’ 


 

 

Advertisement