इन्टरनेट सेवाप्रदायक पर्सा टेलिकम्युनिकेसनको लाइसेन्स खारेज

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकको लाइसेन्स (अनुमतिपत्र) खारेज गरेको छ ।

प्राधिकरणले वीरगन्ज पर्सामा रहेको पर्सा टेलिकम्युनिकेसन प्रालिको लाइसेन्स खारेज गरेको हो । 

Advertisement

प्राधिकरणले टेलिकम्युनिकेसनलाई २०७६ साउन २२ गते लाइसेन्स दिएको थियो, जसको अवधि २०८१ साउन २१ गतेसम्म मात्रै थियो । 

टेलिकम्युनिकेसनले दूरसञ्चार नियमावली २०५४ नियम १२ बमोजिम उक्त लाइसेन्स नवीकरण नगरेकाले निजको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

Advertisement