एनसेलका सबै मोबाइल नम्बरले देशभित्र र बाहिर रोमिङमा एसएमएस अलर्ट र ओटीपीहरु पाउने

Advertisement

काठमाडौं । एनसेलले आफ्ना सबै मोबाइल नम्बर÷ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने जानकारी दिएको छ । 

यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरुलाई ठूलो महत्व राख्ने कम्पनीले बताएको छ । 

Advertisement

विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरु जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने गर्दछन भन्दै एनसेलले यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरु सरकारी निकायहरु, अर्ध–सरकारी निकायहरु, बैंक तथा वित्तिय संस्थाहरु, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरु र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् भनेको छ । 

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको छ । साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

यसबाहेक, केही समस्या भए ग्राहक र सर्ट कोड संचालकहरुले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ताकि सम्बन्धित विषयमा कम्पनीले समस्या समाधानका लागि हेर्न सकोस् । 

साथै, ९७० नम्बर रेन्जमा ग्राहकले सुरुका ९७०५ बाहेक अन्तिम छ अंकहरू आफैले सधैं अन विशेष नम्बरका रुपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ । यसले ग्राहकहरूलाई आफू वा आफ्ना प्रियजनहरूको लागि आफ्नो रोजाइको नम्बरहरू प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्दछ । एनसेलले यो नयाँ नम्बर रेन्ज मार्फत ग्राहकहरुलाई थप र विस्तारित सेवा र सुविधाहरु प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । 
 

Advertisement