बैंकिङ क्षेत्रको महत्वलाई प्रतिविम्ब गर्ने लक्ष्मी सनराइजको सिर्जनात्मक ‘कन्सेप्ट’

Advertisement

काठमाडौं । सामान्यतया बैंक वित्तीय संस्था भनेपछि बचत राख्ने र ऋण दिने संस्थालाई मात्रै बुझिन्छ । तर वित्तीय संस्थाको बहुआयामिक महत्व रहेको हुन्छ । यसैलाई लक्ष्मी सनराइज बैंकले हालै सार्वजनिक गरेको सन्देशमूलक भिडियो मार्फत देखाइएको छ ।

बैंकले सर्वसाधारण जनताको निक्षेप संलन गर्छ । पैसा बैंकमा राख्दा घरमा चोरी हुने, आगलागी भएर जल्ने, फजुल खर्च हुने जोखिमबाट जोगाउँछ । साथै, प्रचलित दरमा ब्याज पनि प्रदान गर्छ । त्यो पैसा बैंकले उद्योग व्यवसायदेखि ठूला विकास निर्माणमा लगाउँछ । यदि जलविद्युत आयोजना निर्माण गर्न बैंकले ऋण दियो भने त्यसबाट विद्युत उत्पादन हुन्छ । उत्पादित बिजुलीबाट दुर्गम गाउँका न्यून आयस्तरका जनताका बालबच्चाले समेत उज्यालोमा पढेर ज्ञान हासिल गर्न सक्छन । आफ्नो भविश्यको गोरेटो कोर्न सक्छन् । 

Advertisement

जनताको थोरै थोरै बचत संकलन हुँदा बैंकमा खर्बौं रुपैयाँ पुग्छ, जुन रकम लघु घरेलु उद्यमीदेखि ठूला उद्योगधन्दा र विकास परियोजनाहरु सञ्चालनका लागि पुँजीको रुपमा उपयोग हुन्छ । यसबाट देशको समग्र अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्षरुपमा पुग्ने योगदानको मूल्य ठूलो हुन्छ । यसले समाजको रुपान्तरणमा भूमिका खेलिरहेको हुन्छ, जुन कुरा हालै लक्ष्मी सनराइज बैंकले सार्वजनिक गरेको सन्देशमूलक भिडियोले पनि दर्साउँछ । यस भिडियोमा बैकले आफ्नो ब्राण्डको प्रवद्र्धनभन्दा पनि समग्र बैंकिङ उद्योगको आवश्यकता र महत्वलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेको छ । 

बैंकमा बचत गर्ने बानीको विकासले केवल रकमको सुरक्षा मात्रै नभएर अनौपचारिक अर्थतन्त्रलाई साँधुरो बनाउन, आर्थिक अपराधका घटना र नगदको कारोबारमा हुने जोखिम न्यूनीकरण गर्न, तरलताको समस्या समाधान गर्न बल पुग्छ । बच्चैदेखि बैंकिङ चेतना विकास हुँदै जाँदा बचत गर्ने बानी मात्रै नभएर बैंकको ऋण समयमा तिर्नुपर्छ भन्ने संस्कारको पनि विकास गर्न सहयोग पुग्छ । 

वास्तवमा यस्तै स–साना बचतले नै देशमै केही गरौं भन्ने उद्यमीको सपनालाई पनि साकार पार्न मद्दत मिल्छ । देशमै खेती किसानी गर्ने वा पशुपालन गरी आफ्नो आयस्तर बढाउन चाहने मानिसको सपना सहजरुपमा साकार पार्न बैंक वित्तीय संस्था तत्पर रहेका छन् । यसरी बचत गर्दा आफ्नो रकमको मात्रै बीमा नभएर दुर्घटना हुँदा क्षतिपूर्ति दिने सुविधाहरु समेत अहिले बैंकहरुले ल्याएका छन् । यो कुरा भिडियो सन्देशहरुमार्फत दिन सकियो भने जनताले सहजरुपमा बुझ्न र सम्झिन सक्छन् । 

बैंकिङ क्षेत्र अरुभन्दा बढी पारदर्शी र व्यवसायिक संस्कार (कर्पोरेट कल्चर) भएको क्षेत्रको रुपमा समेत चिनिन्छ । सँगै वित्तीय कारोबार गर्ने भएकाले यो क्षेत्र बढी संवेदनशील पनि मानिन्छ । बचत नै लगानीको आधार हो भन्ने कुरा लक्ष्मी सनराइजले प्रस्तुत गर्न खोजेको छ । समग्र बैंकिङ क्षेत्रको महत्वलाई दर्साउने सन्देशमूलक सामग्रीले जनतामा पार्न खोजिएको नकारात्मक प्रभाव न्यून गर्न सहयोग पुग्ने लक्ष्मी सनराइजको विश्वास छ । 

यस्तो छ भिडियोः  

Advertisement