नेप्से ३ हजार अंक भन्दा माथि उक्लियोः एकै दिन करीब ३० अर्बको कारोबार भई नयाँ रेकर्ड !

Advertisement

काठमाडौं । शेयर बजार बढेर ३ हजार अंकभन्दा माथि पुगेको छ । बजार निरन्तर बढिरहँदा हालसम्मकै उच्च रेकर्ड तोडिने संभावना बढ्दै गएको छ । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको रेकर्ड विद्यमान छ । आज कारोबार रकम झण्डै ३० अर्ब पुगेर नयाँ रेकर्ड बनेको  छ । गत सोमबार सवा २७ अर्बको कारोबार भएर बनेको रेकर्ड आज तोडिएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४३.०५ अंकले उचालिएको हो । १.४५ प्रतिशतले बजार उचालिंदा ३०००.८१ अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजार बढे पनि वित्त, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य समूह राताम्मे भएका छन्, बाँकी समूहमा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी ५.६५ प्रतिशतले उचालिएको छ । 

undefined

आज ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६.९५ रुपियाँ बराबरको कारोबार भएको छ । 

बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक र लिबर्टी इनर्जीका लगानीकर्ताहरुले क्रमशः ९.६४, ९.४२, ९.२२ र ९.०३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९१ करोड ३३ लाख २२ हजार २ सय ३९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ, सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ, मंगलबार ८.१८ अंकले बजार घट्दा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ र हिजो बुधबार ३४.२९ अंकले बजार घट्दा २३ अर्ब ४३ करोड ५ लाख ८१ ह्जार १ सय ५०.४८ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।  
  
 
 

Advertisement

Advertisement