‘नाडा अटो शो’ मा लञ्च हुने केईका तीन मोडलको नाम मिलाउनेले पुरस्कार पाउने

Advertisement

काठमाडौं । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ ।

\जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक https://www.facebook.com/profile.php?id=61559338062381 तथा इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/  मा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ । केइ नेपालको फेसबुक पेज र इन्स्टाग्राम पेज ओपन गरी क्याम्पेनमा सहभागी हुन सकिने छ ।  

Advertisement

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन् । केइ नेपालको सोसियल मीडिया फलोवर्स र  फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने छन् ।

यो क्याम्पेन आजबाट भदौ १० गतेसम्म चल्ने बताइएको छ । 

नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन सकिने छ । 
 

Advertisement

Advertisement