सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५३ हजारमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढेर आज नयाँ रेकर्ड कायम भएको हो । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ३५  रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement