एमजी हेक्टरले मनायो पाँचौं वार्षिकोत्सव, प्रतिष्ठित उपाधि पनि जित्यो

Advertisement

काठमाडौं । एमजी मोटर इण्डियाको लोकप्रिय एसयूभी एमजी हेक्टरले भारतमा आफ्नो ५ वर्षको वार्षिकोत्सव मनाएको छ । 

माउन्टेन गोटसँगको सहकार्यमा, एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्म सडक यात्रा शीर्षकमा प्रतिष्ठित उपाधि जितेको छ । यो अभियान २७ जुलाई २०२४ मा दिउँसो १ः३० बजे केरलाको कुट्टानाडबाट सुरु भएर, ३० जुलाई २०२४ मा बिहान ८ः२८ बजे लद्दाखको उम्लिंग ला मा सम्पन्न भयो । 

Advertisement

यो यात्राले ३,८४६ किलोमिटर कभर गर्दै जम्मा ६६ घण्टा ५८ मिनेटमा सम्पन्न भयो, जसले एमजी हेक्टरलाई यो उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो एसयूभी बनाएको छ ।

हरेक सडक अवस्था अनुकूल बनाउन डिजाइन गरिएको यस एसयूभीले आफ्नो सुरुवाती वर्षमै २५,००० युनिट बिक्रीको आँकडा पार गर्‍यो र फेब्रुअरी २०२१ सम्ममा ५०,००० युनिटको महत्वपूर्ण उपलब्धि हासिल गर्‍यो । ५०,००० औं हेक्टर गुजरातको वडोदरा स्थित एमजीको हलोल प्लान्टमा सम्पूर्ण महिलाहरूको टोलीद्वारा निर्माण गरिएको थियो ।
 

Advertisement

Advertisement