सीईडीबी हाइड्रोद्वारा ११ प्रतिशत लाभांश घोषणा, ५४.५ प्रतिशत हकप्रदको प्रस्ताव, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ११ प्रतिशत बोसन शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रशासन अधिकृत काजोल कुन्डुले जनाएकी छिन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ९३ करोड १७ लाख ४५ हजार १ सय छ । 

यसैबीच बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपियाँको ५४.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने निर्णय भएको छ । 

यसैक्रममा कम्पनीको आव २०७९–८० र २०८०–८१ को साधारण सभा असोज २१ गते गर्ने निर्णय भएको छ । साधारण सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज गर्ने निर्णय भएको पनि कम्पनीकी प्रकाशन अधिकृत कुन्डुले उल्लेख गरेकी छिन् ।  
 

Advertisement