नेप्से ५५.८६ अंकले घट्यो, सबै समूह राताम्मे, साढे ९ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घट्न थालेको छ । आज पनि बजार उच्च अंकले तल झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८६ अंकले तल झरेको छ । २.०६ अंकले बजार घट्दा नेप्से परिसूचक २६४६.०३ अंकमा ओर्लिएको छ । 

Advertisement

शेयर बजारमा उच्च गिरावट आएसँगै सबै समूह राताम्मे भएका छन् । आज होटल समूह सबैभन्दा बढी २.६७ प्रतिशतले घटेको हो । 

undefined

आज ३२७ कम्पनीका २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५.५४ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ८.९८ प्रतिशतले नाफा कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ५७ हजार ८ सय १.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement