जीवन बीमा कम्पनीहरुले संकलन गरे १८ अर्ब ५३ करोड बीमा शुल्क, कुन कम्पनीको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत साउन महिनामा  १८ अर्ब ५३ करोड कूल बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको बिजनेश गत आवको समीक्षा अवधिभन्दा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपियाँ कूल बीमा शुल्क आर्जन गरेका थिए । 

Advertisement

प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपाल लाइफले सबैभन्दा बढी ५ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै नेशनल लाइफले  २ अर्ब २६ करोड र तेस्रो नम्बरमा एलआईसी नेपालले  २ अर्ब ७ करोड कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै ३ लघु जीवन बीमा कम्पनीले साउन महिनामा ३ करोड ७० लाख बीमा शुल्क आर्जन गरेका छन् । 

कुन बीमा कम्पनीले कति आर्जन गरे ? 

undefined


 

Advertisement