प्रोटेक्टिभको शेयर खरिद प्रत्याभूमिकर्तामा नेपाल एसबिआई र नबिल ईन्भेष्टमेन्ट नियुक्त

Advertisement

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।   

सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. २२,५०,००,०००/– को खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेन्ट र नबिल ईन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।   

Advertisement

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणबाट बिमा ऐन २०७९ तथा बिमा नियमावली २०४९ बमोजिम मिति २०७९ चैत २८ गते इजाजत प्राप्त गरी २०८० असार ३१ गतेदेखि सम्पत्ति बिमा, घर (आवास) बीमा, दुर्घटना बीमा, मोटर बिमा, स्वास्थ्य बिमा लगायतका लघु निर्जीवन बीमा सम्बन्धि सेवा ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालयसहित आफ्ना देशभरी छरिएका ३ शाखा, ११ उप-शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ । 
कम्पनी ऐन २०६३ बमोजिम २०७९ पुस १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो ।

 
 

Advertisement