कुन फाइल कहाँ अड्किएको छ, २४ घण्टा भित्र छिनोफोनो गर्न मन्त्री पाण्डेको निर्देशन

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । 

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उनले निर्देशन दिंदै मन्त्री पाण्डले भने, ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला । असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्नु होला ।’ 

Advertisement

त्रैमासिक समीक्षा गर्ने बेलसम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनु होला–उनले बताए । असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गछौं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन् ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्न मन्त्री पाण्डेले निर्देशन दिए । मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिंदै नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताएका छन् ।

उनले कर्मचारीले इमान्दारीपूर्वक व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतिजा दिने गरी काम गर्न आग्रह समेत गरे ।  

Advertisement

Advertisement