मधेशमा बिहानैदेखि भारी वर्षा, कस्तो रहला देशभरको मौसम ?

Advertisement

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

त्यस्तै, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।

विभागका अनुसार ​दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा तथा  कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको भनाइ छ ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।

Advertisement

Advertisement