काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२ मा अवस्थित महिलाहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाहरुका लागी बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजीटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार र सि–आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायत सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको कार्यक्रममा नेशनल ईन्स्टिच्युट फर करियर डेभेलपमेन्ट तर्फबाट प्रतिनिधि, संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान तथा कर्मचारीहरुको उपस्थिति थियो ।
यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको जनाएको छ ।