नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । 

सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा सताव्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाइन्स खस्किएको छ । अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौं । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ । यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ ।’ 

Advertisement

उनले आधा शताव्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसंगतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यस क्षेत्रको सुधारका लागि सम्वद्व सबैले निष्ठा पूर्व लाग्नु पर्ने बताए । 

साथै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत व्यक्त गरेका छन् । 

Advertisement